National life

वाणिज्य बैंकहरूले सरकारविरुद्ध दायर गरेको रिटमा आज सुनुवाई हुँदै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१० असोज २०८०, बुधबार
474Shares
वाणिज्य बैंकहरूले सरकारविरुद्ध दायर गरेको रिटमा आज सुनुवाई हुँदै
ncell

काठमाडाैं । बैंकहरुले सरकारविरुद्ध दायर गरेको रिटमा आज पेशी तोकिएको छ । विभिन्न १६ वटा वाणिज्य बैंकहरुले सरकारविरुद्ध दायर गरेको रिटमा आज पेशी तोकिएको हाे ।

आज ५ न्यायाधीश सम्मिलित संवैधानिक इजलाशमा यस मुद्दाको पेशी तोकिएको छ । सो इजलाशमा यो मुद्दाको पेशी छैठौ नम्बरमा तोकिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारले मर्जरमासमेत कर लगाएको र उक्त कार्य गैरकानुनी भएको भन्दै सर्वोच्च गुहारेका हुन्। वाणिज्य बैंकहरुले एफपीओ, मर्जर तथा एक्विजिशनको बार्गेन पर्चेज गेनमासमेत कर असुल्ने सरकारको निर्णय भएको र राजस्व विभागले करसमेत निर्धारण गर्न थालेको भन्दै उनीहरुले सर्वोच्चमा रिट दायर गरेका हुन्।

रिटमा सरकारले भूत प्रभावी निर्णय गर्दै कर असुल गर्ने प्रयास गरेको भन्दै उक्त कार्य तत्काल रोक्नु भनेर अन्तरिम आदेश जारी हुनुपर्ने माग रिटमा गरिएको छ।

बैंकहरुले एफपीओमा लादिएको कर र मर्जर तथा एक्विजिशनको बार्गेन पर्चेज गेनको रकममा लादिएको करबारे दुई वटा रिट दर्ता गरेका हुन्।

थप याे पनि पढ्नुहाेस् :

https://aarthikvoice.com/archives/13726

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
474SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?