National life

विकास बैंकले पनि घटाउन थाले ब्याजदर, यी हुन ब्याजदर घटाएका बैंकहरु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ मंसिर २०८०, बुधबार
514Shares
विकास बैंकले पनि घटाउन थाले ब्याजदर, यी हुन ब्याजदर घटाएका बैंकहरु
ncell

काठमाडौं । गत शुुक्रबारका दिन मौद्रिक नितीको समिक्षा सार्वजनिक भएसँगै विकास बैंकहरूले पनि ब्याजदर घटाउन थालेका छन् ।

मंगलबारसम्म चार वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका थिए । सोही क्रममा बुधवार दुई वटा विकास बैंकले पनि ब्याजदर घटाएका छन् । आजैदेखि नै लागू हुने गरी आज सांग्रिला डेभलपमेन्ट र गरिमा विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

Royal Enfield
nic asia capital

नयाँ ब्याजदर अनुसार सांग्रिला डेभलपमेन्ट बैङ्कले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ९ दिने भएको छ । बैङ्कका अनुसार यो १ वर्षमाथिको मुद्दती निक्षेपको ब्याजदर हो । यसअघि भने १ वर्षमाथिको मुद्दती निक्षेपको ब्याजदर १०.६० प्रतिशत कायम गरेको थियो ।

घटाएको ब्याजदर अनुसार बैङ्कले ३ महिनादेखि ६ महिना मुनिको मुद्दती निक्षेपको ब्याजदर भने ८ प्रतिशत कायम गरेको छ । यसअघि १ वर्षको मुद्दती निक्षेपको ब्याजदर १०.५० प्रतिशत निर्धारण गरेको थियो ।

त्यस्तै गरिमा विकास बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ९.४० प्रतिशत दिने भएको छ । यद्यपि, यो १ वर्षमाथिको मुद्दती निक्षेपको ब्याजदर हो । तर, सो अवधिमा भन्दा मुनिको मुद्दती निक्षेपको ब्याजदर ९.३० प्रतिशत निर्धारण गरेको छ।

यसअघि बैङ्कले १ वर्षमाथिको मुद्दती निक्षेपको ब्याजदर ९.७५ प्रतिशत र सो अवधिभन्दा मुनिको मुद्दती निक्षेपको ब्याजदर ९.५० प्रतिशत कायम गरेको थियो । यता, हालसम्म चार वटा वाणिज्य बैङ्कहरूले पनि ब्याजदर घटाइसकेका छन् । माछापुच्छ्रे, एनएमबि, एनआईसी र कुमारी बैंकले ब्याजदर घटाएका हुन् ।

यता, आगामी पुस महिनाका लागि एनआईसी एशिया बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले अब मुद्दती निक्षेपमा अधिकतम ८.६७ प्रतिशत ब्याज दिने भएको हो तर यो ब्याजदर २४ महिनादेखि १८० दिनका लागि कायम गरिएको बैङ्कले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
514SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?