काठमाडौँ । नेपाल राष्ट्र बैंक आर्थिक वर्षको मौद्रिक नीति आज शुक्रवारका दिन सार्वजनिक गरेको छ ।
जस अनुसार विदेशी विनियममा लिएको कडा नीतिलाई खुकुलो बनाएको हो । बैंकहरुमा विदेशी मुद्राको सञ्चिति बढ्दो अवस्थामा रहेकाले खुकुलो बनाएको गभर्नर महाप्रसाद अधिकारीको भनाई छ ।
अधिकारीले राहदानी विदेशी विनिमय व्यवस्थापनबारे घोषणा गर्दै राहदानीमार्फत सटही हुने विदेशी मुद्राको सीमालाई सहजीकरण गर्ने जनाएका छन् । यस्तै आयातका लागि ड्राफ्ट र टीटीका माध्यमबाट हुने मुद्रा सटही सुविधाको विद्यमान सीमा ३५ हजार डलरबाट ५० हजार अमेरिकी डलर कायम रहने बताए ।
यस्तै आयातका लागि ६० हजार डलर तोकिएको सीमा १ लाख डलर पुर्याइएको छ । नेपालमा खोलिएको परिवर्त्य खाताबाट भुक्तानी गर्न सक्ने सीमा खुकुलो बनाइएको छ ।



































