National life
cg eloctronics

विद्युत् प्राधिकरणको सफलता: ६ महिनामा १५ अर्ब ३६ करोड बढीको नाफा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ फागुन २०८०, बुधबार
652Shares
विद्युत् प्राधिकरणको सफलता: ६ महिनामा १५ अर्ब ३६ करोड बढीको नाफा
muktinatha bikash bank

काठमाडौँ – चालू आर्थिक वर्ष ०८०-८१ को ६ महिनामा नेपाल विद्युत् प्राधिकरणले १५ अर्ब ३६ करोड बराबरको नाफा कमाएको छ । यो गत आर्थिक वर्ष ०७९-८० को सोही अवधिको तुलनामा ४१ प्रतिशतले बढी हो।

प्राधिकरणले गत आवको ६ महिनामा १० अर्ब ९१ करोड नाफा कमाएको थियो । पछिल्लो ६ महिनाको समयावधिमा प्राधिकरणले विद्युत् बिक्री तथा ब्याजमार्फत ६७ अर्ब २८ करोड ७७ लाख आम्दानी गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै, प्राधिकरणले समीक्षा अवधिमा विद्युत् आयात तथा खरिदलगायत शीर्षकमा ५१ अर्ब ९२ करोड ७१ लाख खर्च गरेको छ ।

समीक्षा अवधिमा प्राधिकरणले भारतबाट एक अर्ब ९८ करोड ६२ लाख रुपैयाँको विद्युत् आयात गरेको छ । यसै गरी, निजी आयोजनाबाट २८ अर्ब ४९ करोड ९६ लाखको विद्युत् खरिद गरिएको प्राधिकरणले जनाएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
652SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?