काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयले विद्युत विकास विभागको महानिर्देशको जिम्मेवारी जिबछ मण्डललाई दिएको छ।
मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले महानिर्देशकको जिम्मेवारी दिइएको हो । यसअघि महानिर्देशक रहेका चिरञ्जीवी चटौतलाई मन्त्रालयमा सरुवा गरी विभागकै उपमहानिर्देशक मण्डललाई जिम्मेवारी तोकिएको हो।
मन्त्रालयले जलस्रोत तथा सिँचाइ विभागको जिम्मेवारीका ३ उपसचिव (सिडिई) लाई सहसचिवमा बढुवा गरी जिम्मेवारी तोकेको छ ।
सहसचिवमा बढुवा हुनेमा मीनराज ढकाल, शंकरबहादुर थापा र राजेन्द्रप्रसाद शर्मा छन् ।
उनीहरूलाई क्रमशः प्राथमिकता प्राप्त आयोजना, कर्णाली बेसिन आयोजना र नौमुरे आयोजनाको प्रमुखको जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ ।

































