National life

विपद् व्यवस्थापन, खोज तथा उद्धारमा आठ सय ६८ जना नेपाली शैनिक परिचालित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ साउन २०८१, शुक्रबार
599Shares
विपद् व्यवस्थापन, खोज तथा उद्धारमा आठ सय ६८ जना नेपाली शैनिक परिचालित
ncell

काठमाडौँ । हाल नेपाली सेनाले देशका विभिन्न स्थानमा विपद् व्यवस्थापन, खोज तथा उद्धारका निमित्त आठ सय ६८ जनाको फौज परिचालित भएको जनाएको छ ।

त्रिशूली नदीमा बेपत्ता भएका दुई यात्रुवाहक बसका यात्रीको खोजी तथा उद्धारका लागि गोताखोरसहित नेपाली सेनाका एक सय ४२ जनाको टोली परिचालित भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

खोजीको क्रममा उद्धार टोलीले शुक्रवार बिहानसम्म २३ जनाको शव फेला परेको छ । सोमध्ये नौ वटा शवको सनाखत हुन बाँकी छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नदिको उच्च बहाव तथा धमिलो पानीको बाबजुद पनि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका संयुक्त टोलीले खोज तथा उद्धारलाई निरन्तरता दिइरहेका छन् ।

चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते ६५ यात्री रहेको दुई वटा बस लेदोसहितको पहिरोले बगेर बेपत्ता रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
599SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?