National life

विश्व बैंकद्धारा अफगानिस्तानलाई ८४ मिलियन अमेरिकी डलर सहयोग 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० वैशाख २०८१, बिहिबार
590Shares
विश्व बैंकद्धारा अफगानिस्तानलाई ८४ मिलियन अमेरिकी डलर सहयोग 
ncell

काठमाडौँ । अफगानिस्तानलाई विश्व बैंकले देशमा चलिरहेको मानवीय संकटको बिचबाट ८४ मिलियन अमेरिकी डलर सहयोग गरेको छ  ।

टोलो न्युजका अनुसार उक्त सहयोग आर्थिक संकटकसँग जुध्न, जीविकोपार्जन परियोजना प्रदान गर्न, अफगान महिलाहरूलाई सहयोग गर्न, जलवायु परिवर्तनलाई सम्बोधन गर्न तथा आप्रवासीहरूलाई सहयोग गर्नका लागि प्रयोग हुने विश्व बैंकको भनाई छ ।

अर्थ मन्त्रालयले विश्व बैंकको सहयोगलाई स्वागत गर्दै आर्थिक विस्तार र परियोजना संशोधनहरूलाई सहयोग गर्न सक्ने बताएको छ, जसको परिणामस्वरुप देशको रोजगारी सिर्जनामा योगदान पुग्नेछ । परियोजनाको कार्यान्वयनले रोजगारी सिर्जना गर्न, सहरी र ग्रामीण क्षेत्रमा सेवा वितरणमा सुधार ल्याउन तथा आप्रवासी समस्यालाई सम्बोधन गर्न सक्ने तालिबानी अर्थ मन्त्रालयकाको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

परियोजना सन् २०२२ मा ग्रामीण र सहरी क्षेत्रमा आजीविका सहयोग र सेवाहरू प्रदान गर्न, महिला र सबैभन्दा कमजोरका लागि सामाजिक अनुदानलाई समर्थन गर्न र समावेशी सेवा वितरणका लागि सामुदायिक संस्थाहरूलाई सुदृढ पार्न एआरटीएफबाट २६ करोड ५० लाख डलरको अनुदानका साथ सुरु भएको विश्व बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यसैबिच, काबुलका नागरिकहरूले हालको परिस्थितिलाई ध्यानमा राख्दै अझ बढी सहयोग आवश्यक रहेको बताउँदै यसलाई खुल्ला रुपममा दिनुपर्ने माग राखेको टोलो न्यूजले जनाएको छ । अफगानिस्तानमा मानिसहरू गरिब तथा निराश्रित भई महिनामा तीन दिन मात्र काम पाउने अवस्थामा छन् । काबुलका बासिन्दा उमर अलीले आफ्नो घरमा दस जना आश्रित भएको तथा डेढ वर्षदेखि भाडाका लागि ऋणमा डुबेको बताए । एएनआईको सहयोगमा

यो समाचार शेयर गर्नुहोस्
590SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?