National life

शाओमीले ल्यायो फेस्टिभ अफरः ‘चाडपर्वको मुड, अफर टु गुड’

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ भदौ २०८०, आइतबार
719Shares
शाओमीले ल्यायो फेस्टिभ अफरः ‘चाडपर्वको मुड, अफर टु गुड’
ncell

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा यो चाडपर्वको सिजनको आनन्दलाई अझै उत्साहपूर्ण बनाउन विशेष चाडपर्वको अफर लिएर आएको छ । “चाडपर्वको मुड, अफर टु गुड“ अन्तर्गत, लोकप्रिय स्मार्टफोन मोडेलहरूको विस्तृत रेन्जमा २ हजार रुपैयाँ सम्मको रोमाञ्चक छुटको साथ यस उत्सवलाई अझ विशेष बनाउन शाओमी नेपाल तयार रहेको छ ।

अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने “चाडपर्वको सिजन नजिकिँदै गर्दा, विभिन्न स्मार्टफोनहरूमा आकर्षक छुटका साथ विशेष चाडपर्वको अफर लिएर आउन पाउँदा शाओमी नेपाल हर्षित छ। यो लिमिटेड–टाईम अफरले उपभोक्ताहरूलाई असाधारण मूल्य प्रदान गर्ने वाचा गर्दछ, जसले शाओमीको अत्याधुनिक प्रविधिलाई थप पहुँचयोग्य मूल्यहरूमा उपलब्ध गराएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हाम्रो ‘चाडपर्वको मुड, अफर टु गुड’ अफर भनेको यस चाडपर्वको सिजनमा, हामी हाम्रा ग्राहकहरूले छुट मूल्यहरूमा शाओमी स्मार्टफोनको अनुभव गराउनु हो । टेक्नोलोजी सबैको लागि पहुँचयोग्य हुनुपर्छ भन्नेमा हामी विश्वास गर्दछौ र यी छुटहरूद्वारा, हाम्रो इनोभेटिभ र हाई – क्वालिटी स्मार्ट्फोनहरु अझ धेरै मानिसहरूका लागि उपलब्ध गराउने हामीले लक्ष्य राखेका छौं।“

शाओमी नेपालले नेपालका सबै स्मार्टफोन प्रेमीहरूलाई आफ्नो मोबाइल चलाउने अनुभव अपग्रेड गर्ने यो सुनौलो अवसरको फाइदा उठाउन प्रोत्साहित गर्दछ। शाओमी नेपालले, यस फेस्टिभ अफरमा धेरै विकल्पहरूको साथ अविश्वसनीय मूल्यमा शाओमी स्मार्टफोन पाउने मौका ग्राहकहरुको लागी प्रदान गरेको छ।

शाओमीकोे फेस्टिभ अफर भदौ ३० गते देखि कार्तिक २९ गते सम्म लागु हुनेछ ।यो अफर शाओमीका नेपालभरका रिटेल आउटलेटहरूमा र सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
719SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?