काठमाडौँ । शिवम् सिमेन्टले नेपाली सिमेन्ट जगमै इतिहास रच्दै सर्वाधिक १३.३१ करोड बोरा ओ.पी.सी.सिमेन्ट विक्री गर्न सफल भएको छ।
अत्याधुनिक प्रविधि र दशकौँको अनुभवका साथ आफ्नै खानीको चुन ढुङ्गाबाट निर्मित उच्च गुणस्तरीय OPC सिमेन्ट उत्पादन गर्दै आफ्ना ग्राहक उपभोक्ताको विश्वास र भरोसा जित्न सफल शिवम् सिमेन्ट सर्वसाधारणको लागि सेयर जारी गर्ने नेपालको पहिलो सिमेन्ट कम्पनी हो।
शिवम् सिमेन्टले ४३ र ५३ ग्रेडमा ओ.पी.सी.सिमेन्ट उत्पादन गर्दै आएको छ। शिवम् सिमेन्टNS Quality Award -2019 प्रथमबाट सम्मानित नेपालकै पहिलो सिमेन्ट कम्पनी पनि हो।
नयाँ वर्ष २०८१ का अवसरमा कम्पनीले आफ्ना सम्पूर्ण नेपाली दाजु-भाइ र दिदी-बहिनीका साथ साथै उपभोक्ता वर्ग, विक्रेता वर्ग, सेयर धनी महानुभावहरू, नियामक निकाय तथा शुभचिन्तकहरूमा शुभकामना सन्देश जारी गर्दै कम्पनीको प्रगति र सफलताको हरेक कदममा पाएको अटुट साथ, सहयोग र भरोसाका निम्ति कृतज्ञता ज्ञापन गरेको छ। साथै आगामी दिनमा निरन्तर गुणस्तरीय उत्पादन मार्फत यस सम्बन्धलाई थप उचाइ तर्फ लैजाने प्रतिबद्धता समेत कम्पनीले जनाएको छ।

सन् २००३ मा मध्य नेपालको हेटौडा, मकवानपुरमा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय उच्च गुणस्तरीय चुनढुङ्गाको प्रयोग गरी दैनिक ३००० टन ओ.पी.सी. सिमेन्ट उत्पादन गर्दै आएको छ। शिवम् सिमेन्ट ओ.पी.सी मात्र उत्पादन गर्ने नेपालकै अग्रणी सिमेन्ट कम्पनी हो । स्थापनाकालदेखि नै निरन्तर गुणस्तरीय ओ.पी.सी.सिमेन्ट मात्र उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको शिवम् गुणस्तरकै कारण लाखौँ ग्राहकहरूको पहिलो रोजाइमा पर्दै आइरहेको छ ।
व्यक्तिगत, व्यावसायिक तथा राष्ट्रिय गौरवका विभिन्न आयोजनाहरूका अनेकौँ संरचना निर्माणमा शिवम् सिमेन्टले विगत लामो समय देखि महत्त्वपूर्ण भूमिका प्रस्तुत गर्दै आइरहेको छ। “भरोसा अटुट सम्बन्धको”, “Quality को मामलामा ल्य No Compromise", “गुणस्तरको पहिचान हो शिवम्” तथा “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” जस्ता मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।
नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा क्ष्क्क्ष्, ग्च्क् प्रमाणित क्ष्क्इ ऋभचतषष्अबतभ प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।

































