National life

शेयर बजारमा देखिएन सुधार: ११ उपसूचक राताम्य, फाइनान्स समूहको १.४९ % कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ पुस २०८१, आइतबार
413Shares
शेयर बजारमा देखिएन सुधार: ११ उपसूचक राताम्य, फाइनान्स समूहको १.४९ % कारोबार
ncell

काठमाडौँ । साताको पहिलो कारोबारका दिन शेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ ।  शेयर बजारमा लगातार देखिएको गिरावट आएको कारण लगानीकर्तामा निराशा थपिएको छ ।

त्यस्तै, नियामक निकायले बारम्बार बजारमा सुधार ल्याउने आश्वासन दिएपनि, हालसम्म कुनै ठोस परिवर्तन देखिएको छैन ।  बैंकहरूको ब्याज दरहरू घट्दै गएका छन्, तर त्यसको प्रभाव कर्जाको मागमा देखिएको छैन । कर्जा विस्तार नगरी बजारमा लगानीको वातावरण सुधार्न सक्दैन भन्ने धारणा कायम रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.५३ अकंले घटेर २५८३.२९ बिन्दुमा कायम भएको छ । आज ३१९ कम्पनीको ९१ लाख ८० हजार ७१८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५१ करोडको शेयर कारोबार भएको हो । यसदिन ११ उपसूचक राताम्य रहेका छन् । आज बैंकिङ समूहको ०.८७ प्रतिशत, विकास बैंक समूहको २.०५ प्रतिशत, फाइनान्स समूहको १.४९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.०१ प्रतिशतले शेयर मूल्य घटेको छ ।

बजारप्रति नियामक निकायले चाल्ने कदमहरू र नीति सुधारमा विशेष ध्यान दिए मात्रै शेयर बजारको स्थिरता र प्रगति सम्भव हुने जानकारहरूको भनाइ छ । उक्त दिन सबैभन्दा बढी रिभर फल्स पावरको सेयर सर्वाधिक कारोबार भएको छ ।  आज कम्पनीको २२ करोड ३ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै उक्त दिन पिपुल्स पावर लिमिटेडको ९ करोड १२ लाख ७१ हजार रुपैंया, नेपाल फाइनान्सको ८ करोड २९ लाख ५० हजार कारोबार भएको हो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
413SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?