National life

सरकारको दाबी: सय दिनमा उखु किसानलाई डेढ अर्ब अनुदान उपलब्ध भएको छ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ कात्तिक २०८१, सोमबार
732Shares
सरकारको दाबी: सय दिनमा उखु किसानलाई डेढ अर्ब अनुदान उपलब्ध भएको छ
ncell

काठमाडौँ। केपी शर्मा ओली नेतृत्वको सरकार गठनको एक सय दिन अवधिमा उखु उत्पादक कृषकलाई उखु बिक्री गरी क्रसिङ गराएबापत १ अर्ब ४४ करोड ९२ लाख ३८ हजार प्रोत्साहन अनुदान रकम उपलब्ध गराइएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

सोमबार मन्त्रालयले सय दिने उपलब्धि सार्वजनिक गर्दै प्रतिक्विन्टल ७० रुपैयाँका दरले गत आर्थिक वर्ष २०८१/८२ को १ अर्ब ४४ करोड ९२ लाख ३८ हजार प्रोत्साहन अनुदान रकम उपलब्ध गराउन मधेस प्रदेशका आठ जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयमा निकासा भई कृषकलाई भुक्तानी गरिएको जानकारी गराएको छ।

मन्त्रालयका अनुसार सय दिने अवधिमा १ लाख ५० हजार थप किसान सूचीकृत भएका छन्। योसँगै हालसम्म सूचीकृत हुने किसानको सङ्ख्या १९ लाख ३३ हजार पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
किसान परिचयपत्र वितरणका लागि कार्यविधि स्वीकृतिको प्रक्रियामा रहेको मन्त्रालयले तयार पारेको सय दिने प्रगति विवरणमा उल्लेख छ।

चालू आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटबाट रासायनिक मल आयात गरी बिक्री वितरण गर्न हालसम्म ४ लाख ६० हजार मेट्रिक टन मलको टेन्डर भएको छ। यसमध्ये १ लाख ५५ हजार मेट्रिक टन रासायनिक मल आयात भएको मन्त्रालयको विवरणमा उल्लेख छ।

साथै, बाली तथा पशुधन बिमा प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि, २०८१ स्वीकृत भई कार्यान्वयनमा छ। यस अवधिमा पशुधन बिमातर्फ ३७ हजार ६ सय ११ र बाली बीमातर्फ तीन सय २३ बिमा लेख जारी भएको मन्त्रालयले जनाएको छ। मन्त्रालय स्तरीय समितिबाट सहमति प्रदान गरिएको र विभागबाट प्राधिकरणको खातामा निकासा भइसकेको हो।

खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न २ हजार ७४६ बजार अनुगमन तथा निरीक्षण गरिएको मन्त्रालयले जनाएको छ। भन्सार नाकामा आयात हुने फलफूल तथा तरकारीको १३ हजार ६१ नमुनामा यन्त्र प्रयोग गरी विषादी अवशेष परीक्षण गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
732SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?