काठमाडौँ। सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीको नाफामा गिरावट आएको छ ।
उक्त अवधिमा कम्पनीले १७ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १८.५१ प्रतिशतले कम हो ।
यस अवधिसम्म कम्पनीको खुद आम्दानीमा भने वृद्धि भएको छ । कम्पनीले बिक्रीमार्फत ६ अर्ब ३७ करोड रुपैयाँ आर्जन गरेको छ। यो रकम अघिल्लो आवको तुलनामा १८.४६ प्रतिशतले बढी हो। कम्पनीले ४ करोड ३५ लाख रुपैयाँ बराबरको अन्य अन्य आम्दानी गरेको छ। कम्पनीको कुल खर्च घटेको छ ।
कुल खर्च १३.९७ प्रतिशतले घटेर ६१ करोड ३७ लाख रुपैयाँमा सीमित बनेको छ। कम्पनीको रिभ्यालुयसन रिजर्भमा ३३ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको चुक्तापूँजी ४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।
यो अवधिसम्म कम्पनीले २ अर्ब ९२ करोड रुपैयाँ अल्पकालीन र १३ करोड ५७ लाख रुपैयाँ दीर्घकालीन कर्जा लिएको छ । कम्पनीको कुल चालु सम्पत्ति ४ अर्ब ९५ करोड र कुल चालु दायित्व ४ अर्ब ५ करोड रुपैयाँ रहेको छ ।
यस अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३.७५ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १९८.८३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २९६.८६ रुपैयाँ कायम भएको छ।

































