National life
cg eloctronics

सर्वोत्तम सिमेन्टको नाफामा ८.५१% ले गिरावट: आम्दानीमा वृद्धि, यस्तो छ अन्य सूचक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ साउन २०८१, बिहिबार
1KShares
सर्वोत्तम सिमेन्टको नाफामा ८.५१% ले गिरावट: आम्दानीमा वृद्धि, यस्तो छ अन्य सूचक
muktinatha bikash bank

काठमाडौँ। सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीको नाफामा गिरावट आएको छ ।

उक्त अवधिमा कम्पनीले १७ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १८.५१ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले २१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस अवधिसम्म कम्पनीको खुद आम्दानीमा भने वृद्धि भएको छ । कम्पनीले बिक्रीमार्फत ६ अर्ब ३७ करोड रुपैयाँ आर्जन गरेको छ। यो रकम अघिल्लो आवको तुलनामा १८.४६ प्रतिशतले बढी हो। कम्पनीले ४ करोड ३५ लाख रुपैयाँ बराबरको अन्य अन्य आम्दानी गरेको छ। कम्पनीको कुल खर्च घटेको छ ।

everest bank

कुल खर्च १३.९७ प्रतिशतले घटेर ६१ करोड ३७ लाख रुपैयाँमा सीमित बनेको छ। कम्पनीको रिभ्यालुयसन रिजर्भमा ३३ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको चुक्तापूँजी ४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

यो अवधिसम्म कम्पनीले २ अर्ब ९२ करोड रुपैयाँ अल्पकालीन र १३ करोड ५७ लाख रुपैयाँ दीर्घकालीन कर्जा लिएको छ । कम्पनीको कुल चालु सम्पत्ति ४ अर्ब ९५ करोड र कुल चालु दायित्व ४ अर्ब ५ करोड रुपैयाँ रहेको छ ।

यस अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३.७५ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १९८.८३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २९६.८६ रुपैयाँ कायम भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?