National life

सर्वोत्तम सिमेन्टको पाँचौ साधारण सभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ वैशाख २०८१, शुक्रबार
830Shares
सर्वोत्तम सिमेन्टको पाँचौ साधारण सभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश पारित
ncell

काठमाडौँ । सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । रुपन्देहीको सिद्धार्थ नगरपालिका भैरहवास्थित होटल सिद्धार्थ भिलासामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

सभाले लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मिति मा समाप्त भएको आव २०७१-०८० को नाफा नोक्सान हिसाब सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण, आर्थिक वर्ष २०८०-०८१ को लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्तावसहित कम्पनीले आफ्नो चुक्ता पुँजीको १५ प्रतिशत (कर सहित) नगद लाभांश बाँड्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।

सभाले संस्थापक सेयरधनी समूहबाट ५ जना सञ्चालकहरू विष्णुप्रसाद न्यौपाने, विमल कुमार सावरथिया, टिकाराम न्यौपाने, तेन्जीङ लाग्देन तामाङ, उत्सव न्यौपाने तथा सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकमा शिवसिंह कार्की निर्विरोध निर्वाचित भएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, स्वतन्त्र सञ्चालकमा एक जना नेहा अग्रवाललाई मनोनीत गरिएको छ।

त्यस्तै सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष केसीले कम्पनीका सबै सञ्चालक समिति, ग्राहक, कर्मचारी वर्ग तथा सेयर धनीहरू प्रति आभार प्रकट गर्दै हालका विभिन्न चुनौतीहरूको सामना गर्दै सर्वोत्तम सिमेन्टलाई एक उत्कृष्ट कम्पनी बनाउने प्रतिबद्धता जनाएका छन्।

साथै उनले सर्वोत्तम सिमेन्टले नाम जस्तै सिमेन्टको सर्वोत्तम गुणस्तरमा निरन्तरता दिँदै आफ्नो स्थापना पश्चात् हालसम्म ६ करोड ७२ लाख ६८ हजार २१ बोरा सिमेन्ट र २८ लाख ८६ हजार १६६ टन किल्ङकर उत्पादन गरी बिक्री गर्न सफल भएको जानकारी गराएका छन्।

सर्वोत्तम सिमेन्ट अत्याधुनिक युरोपियन भीआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो। ३००० मेट्रिक टन प्रति दिन क्षमता भएको सिमेन्ट प्लान्ट तथा ३००० मेट्रिक टन प्रति दिन क्षमता भएको क्लिंकर प्लान्टका साथ आईएसओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण मैत्री प्रमाणित र नेपाल गुणस्तरका साथै भारत गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वोत्तम ओपीसी र सौरभ ग्रिन पीपीसी नामक ब्राण्डका सिमेन्टहरु नेपालभर बिक्री वितरण गरिरहेको छ भने भारतमा समेत निर्यात गर्दै तथा लोकप्रियता कमाउँदै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
830SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?