National life

सर्वोत्तम सिमेन्टको सेयरको लक इन अवधि समाप्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ असोज २०८१, आइतबार
675Shares
सर्वोत्तम सिमेन्टको सेयरको लक इन अवधि समाप्त
ncell

काठमाण्डौ। सर्वोत्तम सिमेन्ट लिमिटेडको लक इन अवधि समाप्त भएको छ ।

कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँड गरेको २४ लाख कित्ता सेयरको लक इन अवधि असोज ५ गते समाप्त भएको छ । कम्पनीले आम सर्वसाधारण्का लागि निष्कासन गरेको आईपीओ २०८० फागुन २५ गते बाँडफाँड गरेको थियो।

कम्पनीले जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने कुल ६० लाख कित्ता साधारण सेयरमध्ये ४० प्रतिशत अर्थात २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँड गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्न छुट्टाएको सेयरमध्येको ५ प्रतिशत अर्थात १ लाख ५४ हजार २२७ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको थियो ।

कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको सेयरको १ लाख ५४ हजार २२७ कित्ता सेयरको लक इन अवधि भने गत भदौ २५ गते समाप्त भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
675SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?