National life

सर्वोत्तम सिमेन्टको २ करोड बढी नोक्सानी, सञ्चालन आम्दानीमा ७७.१६ % ले कमी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ मंसिर २०८१, आइतबार
1.4kShares
सर्वोत्तम सिमेन्टको २ करोड बढी नोक्सानी, सञ्चालन आम्दानीमा ७७.१६ % ले कमी
ncell

काठमाडौँ । नेपालमै पहिलो पटक डेनमार्कबाट आयातित अत्याधुनिक युरोपियन मेसिनद्वारा उत्पादित सर्वोत्तम सिमेन्टको नाफा आर्जनमा गिरावट आएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले २ करोड २५ लाख रुपैयाँ नोक्सानी बेहोरेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । गत वर्षको यसै अवधिमा कम्पनीले १७ करोड ३८ लाख रुपैयाँ नाफा गरेको थियो। साथै, कम्पनीको सञ्चालन आम्दानीमा समेत ७७.१६ प्रतिशतको गिरावट आएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत वर्षको यस अवधिमा कम्पनीले ६ अर्ब ३७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । असोजसम्ममा यसको बिक्री लागत पनि ७६.०४ प्रतिशतले घटेर १ अर्ब ३३ करोड ४८ लाख रुपैयाँमा सीमित भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने  प्रतिसेयर आम्दानी १ रुपैयाँ ९४ पैसा (वार्षिक) ऋणात्मक र प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ३३ पैसा कायम भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?