National life

सहकारी छानबिन प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई पठाउन निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ भदौ २०८१, सोमबार
684Shares
सहकारी छानबिन प्रतिवेदन कार्यान्वयनका लागि  सरकारलाई पठाउन निर्देशन
ncell

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले तयार पारेको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ।

प्रतिनिधि सभाको सोमबारको बैठक समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१ पेस गरेका हुन्।

विभिन्न सहकारीहरूको बचत रकम अपचलन भएको भन्दै सो को छानबिन गर्नका लागि प्रतिनिधि सभाले थापाको संयोजकत्वमा २०८१ जेठ १५ गते ७ सदस्यीय छानबिन विशेष समिति गठन गरेको थियो। प्रतिवेदन प्रस्तुत गर्दै सभापति थापाले पार्टीभन्दा माथि उठेर छानबिन गरेको समेत बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त प्रतिवेदनलाई सभामुख देवराज घिमिरेले कार्यान्वयनका लागि सरकारलाई पठाउन निर्देशन दिएका छन् । सभापति सूर्य थापाले प्रतिवेदन पेश गरे लगत्तै सभामुख घिमिरेले सचिवालयलाई प्रतिवेदन सरकारलाई पठाउन निर्देशन दिएका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
684SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?