National life

“सांग्रिला डेभलपमेन्ट बैंकद्वारा प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई ब्याग वितरण”

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ जेठ २०८१, शुक्रबार
572Shares
“सांग्रिला डेभलपमेन्ट बैंकद्वारा प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई ब्याग वितरण”
ncell

काठमाडौं स्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्वारा नघल टोल २८, काठमाडौं स्थित प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई मिति २०८१-०२-२५ गतेका दिन स्कुल ब्याग वितरण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरूलाई वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम सञ्चालन गरेसँगै त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई १५० थान स्कुल ब्याग , ६५ वटा कापी तथा ६५ वटा कलम वितरण गरेको  हो ।

सो ब्याग वितरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र प्रभात माध्यमिक विद्यालयको तर्फबाट प्रधानाध्यापक राजेश्वर मान श्रेष्ठको उपस्थिति रहेको थियो । सो ब्याग वितरणले विद्यार्थीहरूलाई सहजता ल्याउने कुरामा बैंक विश्वस्त रहेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरू, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
572SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?