काठमाडौँ । चालु आवको साउन महिनामा जीवन बीमा कम्पनीहरूले १८ अर्ब ५३ करोड बढी संकलन गरेका छन्। नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरूको व्यवसायमा आर्थिक वर्षको पहिलो महिनामा सामान्य वृद्धि भएको छ।
बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार व्यवसायको आधारमा नेपाल लाइफ अग्र स्थानमा रहेको छ । कम्पनीले साउन महिनामा पाँच अर्ब ७१ करोड बीमा शुल्क संकलन गरेको छ ।
https://aarthikvoice.com/archives/42989
त्यस्तै, क्रमशः एलआईसी नेपालले दुई अर्ब सात करोड रुपैयाँ कूल व्यवसाय गरेको छ । एशियन लाइफले ९२ करोड रुपैयाँको व्यवसाय गर्दा सिटिजन लाइफ ७६ करोड, सुर्यज्योति लाइफको एक अर्ब १२ करोड रुपैयाँको व्यवसाय गरेको छ।
त्यस्तै, साउन महिनामा आइएमई लाइफको व्यवसाय ५४ करोड हुँदा सन नेपाल लाइफको ४४ करोड माथि व्यवसाय गरेको छ । विवरण अनुसार राष्ट्रिय जीवन बीमा कम्पनीको ४३ करोड २५ लाखको बीमा व्यवसाय गर्दा रिलायबल नेपाल लाइफले ४९ करोड, सानिमा रिलायन्स ६७ करोड रुपैयाँको व्यवसाय गरेको छ तथ्याँंकमा उल्लेख गरेको छ ।







































