काठमाडौं । आज साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । उक्त दिन बजार २७.७५ अंकले बढेर २०२२ को विन्दुमा कायम हुन पुगेको छ ।
आज सेयर बजारको प्रारम्भिक चरणमा तीव्र उतारचढाव देखिएको थियो उतारचढावको विचमा बढोत्तरी आउँदा सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावर कम्पनीको कारोबार भएको छ ।
उक्त कम्पनीले आज कम्पनीको २५ करोड १२ लाख ९० हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सोनापुर मिनरल्सको १६ करोड ६५ लाख ५६ हजार हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यसैगरी क्रमशः उक्त दिन रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड १५ लाख ३९ हजार रुपैयाँ, शिभम् सिमेन्टको १४ करोड ५ लाख २७ हजार रुपैयाँ र अरुण काबेली पावरको १२ करोड ९५ लाख ४८ हजार रुपैयाँको कारोबार भएको देखिएको छ । शेरयर बजारमा सुधार आएसँगै आम लगानीकर्तामा खुशी छाएको छ ।






























