काठमाडौं । काठमाडौं विश्वविद्यालय अन्तर्गतको स्कूल अफ म्यानेजमेन्ट फाइनान्स क्लबको आयोजनामा ‘वित्तीय साक्षरता कार्यशाला तथा राष्ट्रव्यापी स्टक पिचिङ प्रतिस्पर्धा’ सञ्चालन हुने भएको छ ।
यही वैशाख २३ गतेदेखि जेठ ६ गतेसम्म सातै प्रदेशमा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो। कार्यक्रम वैशाख २३ गतेदेखि इटहरीबाट सरु भएको आयोजकले एक विज्ञप्ती मार्फत जनाएको छ ।
यस वर्षको कार्यक्रमलाई नेप्से, नेपाल धितोपत्र बोर्ड, सीडीएस एन्ड क्लियरिङ, एसीसीए ग्लोबल, अल्फा क्यापिटल, स्मार्ट वेल्थ प्रो, नेपाल क्लियरिङ हाउसलगायत धेरै संस्थाहरुले सहयोग गरेको आयोजकले जनाएको छ।
प्रतियोगिता २ चरणमा हुनेछ त्यसमध्येमा पहिलो चरणमा प्रदेशस्तरीय प्रतियोगिता हुनेछ, जसमा हरेक प्रदेशका विभिन्न कलेजबाट आएका प्रतियोगीहरुले नेप्सेमा सूचीकृत कुनै एउटा सेयरको आधारभूत, प्राविधिक, वृहत अर्थतन्त्र र व्यावहारिक विश्लेषणका आधारमा उक्त सेयरमा लगानी गर्न किन ठीक हुन्छ भन्ने विषयको प्रस्तुतीकरण ९पिच० गर्नुपर्नेछ । जसबाट एक समूह छनोट हुनेछ ।
दोस्रो चरणमा छनोट भएका प्रादेशिक विजेता समहूहरु काठमाडौं आएर एक आपसमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, हरेक प्रदेशमा प्रतियोगिता हुनुका साथै वित्तीय सक्षरता कार्यशाला पनि सोही कार्यक्रर्यम स्थलमा सञ्चालन हुनेछ । प्रादेशिक विजेताहरुलाई १५ हजार बराबरको पुरस्कार प्रदान गरिनेछ भने फाइनल विजेतालाई १ लाख, उपविजेतालाई ५० हजार र तृतीयलाई २५ हजार बराबरको पुरस्कार प्रदान गरिनेछ ।


































