National life

सानिमा बैंकको आम्दानीसँगै खुद नाफा, वितरण योग्य नाफामा गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ कात्तिक २०८१, बुधबार
1.3kShares
सानिमा बैंकको आम्दानीसँगै खुद नाफा, वितरण योग्य नाफामा गिरावट
ncell

काठमाडौँ । सानिमा बैंक लिमिटेडले वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको अधिकांश सूचकहरू घटेको।

गत आवको सोही अवधिको तुलनामा बैंकको आम्दानीसँगै खुद नाफा, वितरण योग्य नाफा, प्रतिसेयर आम्दानी लगायतका सूचकहरू घटेका छन्। चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म बैंकले ३९ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको सार्वजनिक विवरणमा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकको नाफा गत आवको यसै अवधिको तुलनामा १७.२७ प्रतिशतले घटेको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४८ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिको बैंकको खुद ब्याज आम्दानी १३.२६ प्रतिशत, कुल सञ्चालन आम्दानी ५.१५ प्रतिशत तथा खुद सञ्चालन आम्दानी २०.८० प्रतिशतले घटेको छ।

बैंकको जगेडा कोषमा ५.३७ प्रतिशत, निक्षेप १.३४ प्रतिशत र कर्जा तथा सापटी ०.९२ प्रतिशतले बढेको छ । असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७१ करोड ३५ रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा देखिन्छ भने बैंकको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ९६ पैसा रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?