काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोनस शेयर घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको भदौ ३० गते बसेको बैठकले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले शेयरधनीहरूलाई वितरण योग्य लाभांश बापत चुक्ता पूँजीको १८.३८११ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।
उक्त घोषित लाभांश नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् शेयरधनीहरूमा वितरण हुनेछ ।

































