National life

सिटिजन्स बैंंकका पूर्व अध्यक्ष कुलचन्द्र गौतम नेपाल बैंकर्स संघबाट सम्मानित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ पुस २०८०, आइतबार
691Shares
सिटिजन्स बैंंकका पूर्व अध्यक्ष कुलचन्द्र गौतम नेपाल बैंकर्स संघबाट सम्मानित
ncell

काठमाडौं । नेपाल बैंकर्स संघको ३७ औँ वार्षिक साधारण सभाबाट सिटिजन्स बैंकका सञ्चालक समितिका पूर्व अध्यक्ष  कुलचन्द्र गौतम सम्मानित भएका छन् ।

शनिवारका दिन चितवनमा आयोजित संघको ३७ औँ वार्षिक साधारण सभामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी उपस्थितिमा गौतमले सिटिजन्स बैंकको अध्यक्ष लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाको विभिन्न ओहोदामा रही आर्थिक सामाजिक क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।

गौतम संयुक्त राष्ट्र संघको सहायक महासचिव, युनिसेफको उप कार्यकारी निर्देशक, नेपालको लागि शान्ति प्रक्रिया तथा अन्तर्राष्ट्रिय मामिलामा प्रधानमन्त्रीका विशेष सल्लाहकार, विश्व बैंक दक्षिण एसियाको खाद्य तथा पोषण सुरक्षा पहलका सल्लाहकार, सिटिजन्स बैंक सञ्चालक समितिको अध्यक्ष लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूको विभिन्न ओहोदामा आबद्ध भई गरिबी निवारण, शान्ति प्रक्रिया निर्माण विश्व स्वास्थ्य, आधारभूत शिक्षा कूटनैतिक तथा बैंकिङ्ग क्षेत्र र समस्त अर्थतन्त्रको विकासका लागि विगत ५ दशक भन्दा बढी अनवरत रूपमा योगदान पु¥याउँदै आएका छन् ।

गौतम सिटिजन्स बैंकको सञ्चालक समितिको अध्यक्षको रूपमा मिति २०६७ देखि ६८ सम्म रहेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंकले गौतमलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ । यस अघि नै सोही संस्थाको ३५ औ वार्षिक साधारण सभाबाट सन् २०२१ मा यस बैंकका पूर्व अध्यक्ष डा. शंकर शर्मा समेत सम्मानित भैसकेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
691SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?