काठमाडौँ । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार बैंकको खुद नाफामा गिरावट आएको छ ।
उक्त अवधिमा बैंकको खुद नाफा ५०.७५ प्रतिशतले घटेर चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा १९ करोड ८२ रुपैयाँमा सीमित भएको छ।
बैंकको खुद ब्याज आम्दानीमा भने ३.५६ प्रतिशतले बढेको छ । यता, असोज मसान्तसम्म यस बैंकको खराब कर्जा बढेर ५.४१६पुगेको छ । गत वर्ष यसै अवधिमा भने खराब कर्जा ३.९७ प्रतिशत कायम भएको थियो ।
बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७६ पैसाले घटेर ५ रुपैयाँ ५८ पैसा (वार्षिक) कायम भएको छ। गत वर्ष प्रतिसेयर आमदानी ११ रुपैयाँ ३४ पैसा (वार्षिक) रहेको थियो । हाल यस बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड रुपैयाँ छ भने रिजर्भ कोषमा ६ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ भने १५३ रुपैयाँ ६२ पैसा छ ।

































