National life

सिटिजन्स बैंकद्वारा बाल विकास समाजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ चैत २०८०, शुक्रबार
1.3kShares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बालविकास समाजलाई आर्थिक सहयोग स्वरुपरू १ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ। एक समारोहका बीच बैंकले एक लाख पचास हजार चेक संस्थाका कार्यक्रम अध्यक्ष सुवास गौतमलाई हस्तान्तरण गरेको छ।

बैंक स्थापनाको १७ वर्ष पूरा गरी वार्षिकउत्सव मनाउने क्रममा करिब एक दशक देखि अबोध, अनाथ बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको उक्त समाजलाई बैंकले सहयोग गरेको हो । बैंकले आफ्नो १७ औं वार्षिक उत्सव यहि बैशाख ७ गते मनाउँदै छ सोही उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो ।

ncell
Royal Enfield

बालविकास समाजमा रहेका ८० जना बालबालिका मध्ये १५ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका कार्यक्रम अध्यक्ष सुवास गौतमले जानकारी दिए । हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना बैंकको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?