National life

सिटी एक्सप्रेसबाट रेमिट्यान्स पठाउनेलाई नगद पुरस्कार हस्तान्तरण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० फागुन २०८०, बिहिबार
683Shares
सिटी एक्सप्रेसबाट रेमिट्यान्स पठाउनेलाई नगद पुरस्कार हस्तान्तरण
ncell

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी पठाऔँ, पठाएको भन्दा १० गुणा बढी पाऔँ’ योजनाको उपहारको काठमाडौँ स्थित होटेल म्यारिएटमा  हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

यस योजना अन्तर्गत मेगा बम्पर उपहार साउदी अरब बाट रेमिटान्स पठाउने राजु तामाङलाई ५ लाख ३० हजार ७५० र कोरिया बाट रेमिटान्स पठाउने सुवास लिम्बुलाई १ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ।

उक्त कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार साउदी स्थित टेलिमनी बैंकबाट फाहाद अब्दुल्लाह अल्जोवैद , सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थिति रहेको थियो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १५ देखि मङ्सिर १५ गते सम्म चल्ने गरी समस्त हिन्दु नेपालीहरूको महान चाड २०८० सालको दशैँ, तिहार र छठलाई लक्षित गर्दै लगातार ६१ दिनसम्म उपहार योजना घोषणा गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही १ लाख रुपैयाँ हरेक हप्ता ५ जनालाई जनही २५ हजार रुपैयाँ साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरूलाई जनही ५०० रुपैयाँ को वालेट टप् अप र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको थियो ।

जसअन्तर्गत ६ हजार १०० जनाले दैनिक उपहार ( रु ५०० को वालेट टप् अप  ,) ४५ जनाले साप्ताहिक उपहार ( जनही रु २५,०००० र २ जनाले मासिक उपहार (जनही रु १००,०००)  जित्न सफल भइसकेका छन् । उक्त योजना असोज १५ देखी मङ्सिर १५ गते सम्म चलेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
683SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?