काठमाडौँ । आज बिहीबारका दिन नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार हिजो प्रतितोला १ लाख १८ हजार ४ सयमा कारोबार भएको सुन आज प्रतितोला १ लाख १८ हजारमा कारोबार भइरहेको छ ।
त्यस्तै महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्यमा पछिल्लो एक महिनादेखि बढ्ने वा घट्ने क्रम भने सामान्य रहेको छ ।
त्यस्तै, चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १४ सय रुपैयाँ कायम भएको छ ।

































