National life

सुनको मूल्यमा एकपछि अर्को रेकर्ड: प्रतितोला १६सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ चैत २०८०, सोमबार
520Shares
सुनको मूल्यमा एकपछि अर्को रेकर्ड: प्रतितोला १६सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौं । नेपाली बजारमा आज सोमबारका दिन सुनको मूल्यले पुन नयाँ रेकर्ड कायम गरेको छ ।

चैत १६ गते १ लाख ३० हजार पुगेर रेकर्ड कायम गरेको सुनको मूल्यले सोमबार फेरी नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य सोमबार प्रतितोला १ हजार ६०० रुपैयाँ बढेर १ लाख ३१ हजार ६०० रुपैयाँ तोकिएको छ।

आइतबार छापावाला सुन १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो ।

Royal Enfield
nic asia capital
तेजावी सुन प्रतितोला १ लाख ३० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदी प्रतितोला १ हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाली बजार सहित अन्तराष्ट्रिय बजारमा समेत सुनको मूल्य वृद्धि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य प्रतिऔंस २० डलरभन्दा बढीले बढेको हो ।

यो समाचार शेयर गर्नुहोस्
520SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?