काठमाडौँ। नेपाली बजार सुनको मूल्य हालसम्मकै उच्च पुगेको छ । आज घरेलु बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले बढेको छ। महासंघका अनुसार यो वृद्धिसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३० हजार रुपैयाँ कायम भएको छ ।
यो मूल्य अहिलेसम्मकै उच्च हो ।
बिहीबार अर्थात् हिजो सुनको मूल्य ११ सयले बढ्दै प्रतितोला छापावाला सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ९ सय र तेजावी सुनको मूल्य १ लाख २७ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि तोलामा २ हजार १ सय रुपैयाँले वृद्धि भएर प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँ पुगेको छ ।आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । यससँगै चाँदीको मूल्य प्रतितोला १ हजार ५२५ रुपैयाँ पुगेको छ ।

































