काठमाडौँ। लगातार एक साता घटेको सुनको मूल्यमा आज ब्रेक लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ।
संघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य आज ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९१० रुपैयाँ कायम भएको छ ।


































