काठमाडौँ । केही साता लगातार रूपमा घटेको सुनको मूल्यमा निरन्तर वृद्धि सुरु भएको छ । नेपाली बजारमा आज सुनको मूल्य ११ सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार १ सय रूपैयाँ रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, यसदिन चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य बढ्ने प्रशस्त कारण भएकाले मूल्य निरन्तर रूपमा पुरानै लयमा बढ्ने महासंघले जनाएको छ ।
































