National life

सुप्रिम सहकारी ठगी प्रकरणमा अध्यक्ष गुरुङलाई थुनामा पठाउन आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ वैशाख २०८१, शुक्रबार
575Shares
सुप्रिम सहकारी ठगी प्रकरणमा अध्यक्ष गुरुङलाई थुनामा पठाउन आदेश
ncell

काठमाडौँ। सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले  सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

न्यायाधीश डा.श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष गुरुङलाई थुनामा पठाउने आदेश दिएको हो । भने बाकी ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले २८ जनाविरुद्ध मुद्दा दायर गरेकामा शुक्रवार थुनछेक बहसका क्रममा ७ जना उपस्थित थिए । उनीहरूमध्ये पुनलाई थुनामा पठाउने र अरू ६ जनालाई धरौटीमा छाड्ने आदेश भएको छ  ।

पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई यता अदालतले ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। त्यस्तै नवीन अछामीसँग १० लाख, दुर्गा चापागाईँसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, निता थापामगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख रुपैयाँ धरौटी माग भएको छ ।

सुप्रिम सहकारीमा रकम बचत गर्ने १८३१ जनाले आफूहरूको रकम फिर्ता नपाएको भन्दै सहकारीका सञ्चालक र कर्मचारीविरुद्ध जाहेरी दिएका थिए। बचतकर्ताको दाबी अनुसार उक्त सहकारीले करिब एक अर्ब रुपैयाँ अपचलन गरेको  दाबी गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
575SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?