काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदनको आईरो लागेको छ । पहिलो दिनमै मागभन्दा १०५.४० गुणा बढी आवेदन परेको छ ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार पहिलो दिन साँझ ५ः बजेसम्ममा ४९ करोड २५ लाख ४२ हजार बरुपैयाँ बराबरको आवेदन परेको छ।
जसमा ३ लाख १० हजार ८८ जना आवेदकहरुले ४९ लाख २५ हजार ४२० कित्ताका लागि आवेदन दिएका हुन् । यस लघुवित्तले आज ९साउन ४ गते० देखि प्रतिकित्ता १०० रुपैयाँमा ४६ हजार ७२९ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो । यसमा साउन ८ गतेसम्म आवेदन दिन सकिनेछ ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ ।


































