National life

सूर्योदय वोमी लघुवित्तको एफपीओमा दुई अर्ब बढीको आवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ साउन २०८१, मङ्गलबार
721Shares
सूर्योदय वोमी लघुवित्तको एफपीओमा दुई अर्ब बढीको आवेदन
ncell

काठमाडौँ। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आवेदनको ओइरो लागेको छ ।  उक्त एफपीओमा दुई अर्ब बढीको आवेदन परेको हो ।

सिडिएसका अनुसार साउन ८ अर्थात् साउन ८ गते साँझ ५ः२० बजेसम्ममा १६ लाख ५६ हजार ८३१ जनाले दुई करोड ३८ लाख ७९ हजार कित्ता कित्ताका लागि आवेदन दिएका छन् । जस मार्फत दुई अर्ब ३८ करोड ३७ लाख रुपैयाँ बढी संकलन भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साविक सूर्योदय र वोमी लघुवित्त मर्ज भई बनेको सूर्योदय वोमी लघुवित्तको कुल चुक्ता पूँजी ९१ करोड सात लाख ८२ हजार ५०८ रुपैयाँ ५० पैसामा संस्थापक शेयरधनीको स्वामित्व ७० दशमलव ३६ प्रतिशत र सर्वसाधारणको स्वामित्व २९ दशमलव ६४ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृति दिंदा दिएको निर्देशन अनुसार कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्टाउनु पर्ने भएकाले कम्पनीले सर्वसाधारणतर्फको हिस्सा बढाएर ३० प्रतिशत पुर्‍याउन एफपीओ जारी गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले एफपीओ निष्काशन गरेको हो । यसमा खरिदकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा एक हजार कित्ता शेयरको माग सहित आवेदन दिन पाउनेछन् । एफपीओ निष्काशन छिटोमा साउन ८ गते र ढिलोमा साउन १८ गते बन्द हुनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयका साथै मेरो शेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले साउन ४ गतेदेखि सर्वसाधारणमा थप सार्वजनिक निष्काशन ९एफपीओ० गरेको हो । कम्पनीले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा रकम बराबरको ४६ हजार ७२९ दशमलव ५४५ कित्ता एफपीओ शेयर निष्काशन गरेको हो ।

यो समाचार शेयर गर्नुहोस्
721SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?