National life

सेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन नेपाल बैंकको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ वैशाख २०८१, मङ्गलबार
636Shares
सेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन नेपाल बैंकको आग्रह
ncell

काठमाडौँ। ४ आर्थिक वर्षको पुरानो लाभांश बुझिलिन नेपाल बैंक लिमिटेडले सेयरधनीहरुलाई आग्रह गरेको छ।

बैंकले आज एक सूचना जारी गर्दै आव २०७-७६, २०७६-७७, २०७७-७८ र २०७-७९ को साधारण सभाबाट पारित भएको बोनस तथा नगद लाभांश बुझिलिन बैंकले आग्रह गरेको हो। उक्त अवधिको लाभांश केही शेयर धनीहरूले हालसम्म पनि बुझिलिन बाँकी रहेकाले ती सेयरधनीहरुलाई उक्त लाभांश बुझिलिन आग्रह गरेको छ ।

शेयर धनीहरूले आवश्यक कागजातसहित स–प्रमाण कम्पनीको रजिस्ट्रार हिमालय क्यापिटल लिमिटेड९साबिकको सिभिल क्यापिटल मार्केट ठमेल,काठमाण्डैमा निवेदन पेश गरी नगद तथा बोनस लाभांश लिन सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै आव २०७५-७६ देखि २०७८-७९ सम्मको बोनस सेयरहरू सिधै हित ग्राही खातामा जम्मा हुने र नगद लाभांश सिधै हित ग्राही खातामा अद्यावधिक गराइएको बैंक खातामा आईपीएसमार्फत सेयर धनीहरूको बैंक खातामा जम्मा हुने हुँदा हालसम्म हित ग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरुलाइै बैंकले अद्यावधिक गराउन आग्रह गरेको छ।

यसका साथै बैंकले हित ग्राही खाता नखोलेका सेयरधनीहरुलाई हित ग्राही खाता खोल्न र भोतिक सेयर अभौतिकिकरण गर्न बाँकी भएमा अभौतिकिरण गरी हित ग्राही खातामा बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
636SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?