काठमाडौँ । साताको अन्तिम कारोबारका दिन सेयर दोहोरो अकंले घटेको छ ।नियामकको शेयर बजारप्रति सक्रियता बढ्दै जाँदा मार्केट भने घटी रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० १५.३७ अकंले घटेर २०४८.५७ बिन्दुमा बन्द भएको छ ।
बिहीबार ३१५ कम्पनीको १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड ३० लाख १७ हजार रुपैयाँको कारोबार भएको छ ।
शेयर धितो कर्जामा अहिले पनि जोखिम भार १२५ प्रतिशतसम्म कायम हुनु, सेयर कर्जामा सीमा तोकिनु अनि बैंक–वित्तीय संस्थाले सेयर बजारमा अल्पकालीन अवधिको लगानी गर्न नपाउनु प्रमुख अवरोधका रूपमा लिइएको छ ।
आज माछापुच्छ्रे« बैंकको संस्थापक शेयरको १ अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपैयाँ, गोर्खास फाइनान्सको२८ करोड ५३ लाख रुपैयाँ र शिवम सिमेन्टको १४ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ ।


































