National life

सेयर बजार ४० मिनेटका लागि बन्द

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ साउन २०८१, आइतबार
584Shares
सेयर बजार ४० मिनेटका लागि बन्द
ncell

काठमाडौं। सेयर बजार सूचक (नेपाल स्टक एक्सचेञ्ज–नेप्से)मा दोस्रो सकरात्मक सर्किट लागेको छ।

सातको पहिलो कारोबार खुलेको पाँच मिनेटै पहिलो सर्किट लागेको सेयर बजारमा दोस्रो पटक पनि उछाल आएसँगै कारोबार बन्द भएको छ। नेप्सेमा पहिलो पटक चार प्रतिशत सेयर सूचक तलमाथि हुँदा २० मिनेट कारोबार बन्द हुने गर्दछ।

भने दोस्रो पटक पाँच प्रतिशत सेयरसूचक तलमाथि हुँदा ४० मिनेटका लागि कारोबार बन्द हुने गर्दछ। दोस्रो पटक बन्द हुँदासम्म कुल २९ करोड ६० लाख रुपैयाँ बराबरको बारोबार भएको छ। नेप्से सूचक १९.७३ अंकले बढेर १ हजार ९ सय ४५.५१ बिन्दुमा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्र बैंकले मौद्रिक नीतिको सकरात्मक समिक्षा गरेपछि आइतबारको नेप्सेमा त्यसको प्रभाव देखिएको छ। शुक्रबार मात्रै राष्ट्र बैंकले व्याजदर घटाउनेगरी र सेयर धितोकर्जा तथा घरजग्गा धितो कर्जाको जोखिम भारलाई घटाएर चालू आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षा गरेको थियो।

सेयर सूचक ६ प्रतिशतले बढेमा आइतबारको पुरै कारोबार बन्द हुनसक्छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
584SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?