National life

स्वीकृति बिना बीमा सम्बन्धी कुनै पनि व्यवसाय नगर्न बीमा  प्राधिकरणको चेतावनी 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ चैत २०८०, बिहिबार
736Shares
स्वीकृति बिना बीमा सम्बन्धी कुनै पनि व्यवसाय नगर्न बीमा  प्राधिकरणको चेतावनी 
ncell

काठमाडौँ । बीमा प्राधिकरण बीमा सम्बन्धी स्वीकृति नलिई अन्य काम गर्ने कम्पनीमाथि निगरानी बढाएको छ । बीमाको नाम लिएर विभिन्न वाहानामा काम गर्दै आएका संस्थाहरूलाई प्राधिकरणले निगरानी थालेको हो ।

कानुनी प्रावधान विपरीत हुने गरी बीमक बाहेकका संगठित संस्थाहरूले बीमा व्यवसाय सँग सम्बन्धित कारोबारहरु गरेको देखिएको हुँदा त्यस्तो कार्य नगर्न प्राधिकरणले सचेत गराएको छ। यस्तो काम गरेमा बीमा ऐनको दफा १४० को दफा एक को खण्ड क बमोजिम दण्ड जरिवाना गर्न बीमा प्राधिकरणले एक सूचना मार्फत आग्रह गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बीमा ऐन २०७९ को दफा २४ अनुसार बीमा प्राधिकरणबाट अनुमति नलिइ कसैले पनि बीमा, पुनर्बीमा, बीमाकोष जस्ता जुनसुकै शब्द प्रयोग गरेर व्यवसाय गर्न नपाउने व्यवस्था गरेको छ । दफा १५३ अनुसार बीमक बाहेक अन्य कसैसँग बीमा व्यवसाय सम्बन्धी कारोबार गर्न नहुने भनिएको छ ।

यस्तो व्यवस्थाको विपरीत हुने गरी कसैलेपनि बीमा व्यवसाय सम्बन्धि कारोबार व्यवसाय, व्यापार वा उद्योग गर्ने वा अन्य कुनै प्रयोजनका लागि आफ्नो कम्पनी, फर्म वा संस्थाको नाममा बीमा, पुनर्बीमा, बीमा कोष जस्ता शब्दहरू प्रयोग नगर्न प्राधिकरणले सूचित गरेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
736SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?