National life

हिमालयन एभरेस्ट इन्स्योरेन्सका डेपुटी सिइओ कमल गौतम बाहिरिए 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ फागुन २०८०, शुक्रबार
620Shares
हिमालयन एभरेस्ट इन्स्योरेन्सका डेपुटी सिइओ कमल गौतम बाहिरिए 
ncell

काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सका सहायक प्रमुख कार्यकारी अधिकृत कमल गौतम इन्स्योरेन्सबाट बाहिरिएका छन्। गौतमले गत बुधवार राजिनामा दिएका थिए।

गौतमले बुधवार नै राजिनामा दिएको भएपनि कम्पनीले भने उनको राजिनामा आज शुक्रबार मात्रै स्वीकृत गरेको छ । साविकको हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स एक आपसमा गाभिएपछि गौतम हिमालयन एभरेष्टको डेपुटी सिइओ बनेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस अगाडि गौतम एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत ९सिइओ० रहेका थिए । मर्जपछि बनेको कम्पनीमा १८ महिना डेपुटी सिइओको रुपमा गौतमले बिताएका हुन् ।

उनको कार्यकाल सकिन डेढ वर्ष बाँकी छदै पदबाट राजिनामा दिएका छन्। फागुन २ गते बुधवार पदबाट राजिनमा दिई कम्पनीबाट गौतम बाहिरिएका हुन्।

ग्रिन्डलैज बैंकबाट बैंकिङ्ग क्यारियर सुरु गरेका गौतमसँग बैंकिङ क्षेत्रमा तीन दशक लामो अनुभव छ । उनी हिमालयन बैंक, एनआईसी एसिया, एनबि र सनराइज बैंक हुँदै इन्फ्रान्स्टक्चर डेभलपमेन्ट बैंकको सिइओ पनि बनेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
620SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?