National life

हिमालयन क्यापिटलले खुला मुखी म्युचुअल फन्ड ल्याउँदै, बोर्डसँग माग्यो अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ चैत २०८०, आइतबार
676Shares
हिमालयन क्यापिटलले खुला मुखी म्युचुअल फन्ड ल्याउँदै, बोर्डसँग माग्यो अनुमति
ncell

काठमाडौं । हिमालयन क्यापिटलले खुलामुखी सामुहिक लगानी कोषको योजना पनि सञ्चालन गर्ने भएको छ ।

हाल हिमालयन ८०–२० नामको बन्दमुखी म्युचुअल फन्ड सञ्चालन गरिरहेको क्यापिटलले खुलामुखी फन्ड समेत सञ्चालन गर्ने भएको हो। खुलामुखी सामुहिक लगानी कोष योजना सञ्चालन गर्न क्यापिटलले चैत्र १९ गते पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

क्यापिटलले हिमालयन म्युचुअल फण्ड अन्तर्गत रहने गरि एक अर्बको आकारमा ‘हिमालान दिर्घकालिन बचत योजना’नामक खुलामुखी फन्ड सञ्चालन गर्ने भएको हो।बोर्डबाट अनुमति पाएपछि क्यापिटलले उक्त खुलामुखी योजनाको इकाई निष्काशन गर्ने छ।

Royal Enfield
nic asia capital

सुरुवातमा एक अर्बको आकारमा सञ्चालनमा आउन लागेको फन्डको योजना व्यवस्थापक हिमालयन क्यापिटलले प्रति इकाई १० रुपैयाँका दरलेले फन्डको १० करोड इकाई निष्काशन गर्ने छ।

 

यो समाचार शेयर गर्नुहोस्
676SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?