National life

हिमालयन डिष्टिलरीको आम्दानी घट्दा खुद नाफामा गिरावट, यस्तो छ वित्तीय अवस्था

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० साउन २०८१, बुधबार
666Shares
हिमालयन डिष्टिलरीको आम्दानी घट्दा खुद नाफामा गिरावट, यस्तो छ वित्तीय अवस्था
ncell

काठमाडौँ । आज साउन महिनाको ३० गतेका दिन हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

जस अनुसार सञ्चालन आम्दानी घट्दा हिमालयन डिष्टिलरीको खुद नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३५ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.५५ प्रतिशत कम हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६६ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

त्यस्तै कम्पनीको सञ्चालन आम्दानी २६.५२ प्रतिशतले घटेर ४ अर्ब १५ करोड ५२ लाख रुपैयाँमा सीमित भएको छ । भने कम्पनीको कुल नाफा ३०.३९ प्रतिशतले घटेर १ अर्ब २३ करोड १६ लाख रुपैयाँमा कायम भएको छ।

कम्पनीको कुल सञ्चालन आम्दानी २७.१८ प्रतिशतले घटेर १ अर्ब २९ करोड ६१ लाख रुपैयाँका कायम भएको छ भने सञ्चालन मुनाफा ४४.११ प्रतिशतले घटेर ५३ करोड ३ लाख रुपैयाँमा सीमित भएको छ। कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ९८ पैसा घटेर १३ रुपैयाँ २१ पैसामा झरेको छ।

साथै कम्पनीको प्रतिसेयर  नेटवर्थ १२५ रुपैयाँ १० पैसा रहेको छ । चुक्ता पुँजी २ अर्ब ६७ करोड २५ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६७ करोड ८ लाख रुपैयाँ सञ्चित रहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
666SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?