काठमाडौँ । वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि इन्स्योरेन्स निष्कासन गरेको आइपीओमा २६ करोड ४२ लाख ५८ हजार ८६० हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूका लागि आइपिओ निष्काशन गर्न लागेको हो।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज अर्थात् मङ्सिर ८ गते साँझसम्म १४ हजार ७५२ जनाले १२ लाख ८२ हजार ८१० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले हाल कायम जारी पुँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको थियो।
सोमध्ये पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३० लाख कित्ता, कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि ६ लाख कित्ता, सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अङ्कित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो।

































