National life

हिमालयन हाइड्रो एक्स्पोमा भिडियो पठाएर ४४ हजार जित्ने मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ चैत २०८०, बिहिबार
486Shares
हिमालयन हाइड्रो एक्स्पोमा भिडियो पठाएर ४४ हजार जित्ने मौका
ncell

काठमाडौं। 'समृद्धिका लागि हरित ऊर्जा' भन्ने मुल नारा सहित आयोजना भइरहेको हिमालयन हाइड्रो एक्स्पो २०२४ मा दुई विधामा प्रतिस्पर्धा गराइने भएको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालीको संयुक्त आयोजनामा हुन गइरहेको एक्स्पोमा 'समृद्धिका लागि हरित ऊर्जा' भन्ने विषयवस्तुलाई केन्द्रमा राखेर छोटो भिडियो बनाउने र हाइड्रोपवारका सामाग्री वा सेवासँग सम्बन्धित आइडिया प्रस्तुत गर्ने 'जलविद्युत उत्पादन र सेवा प्रतियोगिता' आयोजना गर्न लागिएको हो।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालीको संयुक्त आयोजनामा हुन गइरहेको एक्स्पोमा 'समृद्धिका लागि हरित ऊर्जा' भन्ने विषयवस्तुलाई केन्द्रमा राखेर छोटो भिडियो बनाउने र हाइड्रोपवारका सामाग्री वा सेवासँग सम्बन्धित आइडिया प्रस्तुत गर्ने 'जलविद्युत उत्पादन र सेवा प्रतियोगिता' आयोजना गर्न लागिएको हो । नेपालको ऊर्जा क्षेत्रको विकासमा सहयोग पुग्ने गरी हरित ऊर्जाको महत्व दर्शाउन दुई विधामा प्रतिस्पर्धा गराउन लागिएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हरेक प्रतिस्पर्धाका बिजेताले ४४/४४ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् । शर्ट भिडियो बनाउँदा ९० सेकेण्डको भिडियोमा समृद्धिका लागि हरित ऊर्जाको महत्व दर्शाउनुपर्ने छ । उक्त भिडियोहरु आयोजक संस्था इप्पानको वेवसाइट (www.ippan.org.np), इभेन्ट व्यवस्थापक इभेन्ट सोलुसनको वेवसाइट (www.eventsolutionnepal.com.np), हिमालयन हाइड्रो एक्स्पोको वेवसाइट (www.himalayanhydroexpo.com) तथा अफिसियल सामाजिक सञ्जालहरु फेसबुक (Independent Power Producers' Association, Nepal (IPPAN)), इन्स्टाग्राम, युट्युब, लिङ्कडिन (Independent Power Producers' Association, Nepal (IPPAN)) लगायतमा पोस्ट गरिनेछन् ।

सबैभन्दा धेरै लाइक, शेयर र कमेन्ट पाउने भिडियोलाई प्रथम र दृत्तीय पुरस्कार दिइनेछ । प्रथम पुरस्कार ४४ हजार र दृत्तीय पुरस्कार २२ हजार रुपैयाँ रहेको छ । भिडियो पठाउने अन्तिम मिति २७ चैत्र २०८० रहेको छ भने ११ बैशाख २०८१ सम्म आउने लाइक र कमेन्टलाई प्रतिस्पर्धामा गणना गरिनेछ । त्यस्तै हाइड्रोपवार उत्पादन र सेवासँग सम्बन्धित आइडियाहरु देखाउने प्रतिस्पर्धाका सहभागीहरुले भने आफ्ना रचनात्मक आइडियाहरु एक्स्पो अवधि २०८१ बैशाख १२ देखि १४ गतेभित्र एक्स्पो स्थल भृकुटीमण्डपमा देखाउनुपर्ने छ ।

यो प्रतिस्पर्धामा सहभागी हुन भने ५ जना सम्मको समुहलाई २५ सय रुपैयाँ सहभागिता शुल्क तोकिएको छ । यो शुल्कमा हरेक व्यक्तिलाई ३ दिनसम्म लञ्च कुपन उपलब्ध गराइने छ । यसमा पनि प्रथम हुने व्यक्ति वा समूहले ४४ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । द्वित्तीय र तृत्तीय हुनेले भने क्रमश २२ र ११ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

एक्स्पोको अवसरमा अयोजना गरिएको प्रतिस्पर्धाले हरित ऊर्जाले समग्र विकासमा पारेको प्रभाववारे सर्वसाधारणलाइ जनचेतना दिनुका साथै ऊर्जा क्षेत्रमा प्रयोग हुने नयाँ नयाँ अवधारणाहरुको वारेमा जान्न र बुझ्न सहयोग पुग्ने इप्पानका महासचिव बलराम खतिवडाले बताए । ३ दिनसम्म सञ्चालन हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा १०० भन्दा धेरै स्वदेशी तथा विदेशी कम्पनीहरुका स्टल रहनुका साथै विभिन्न ७ वटा विषयमा सेमिनार सञ्चालन हुनेछन् । ५० हजार भन्दा धेरै अवलोकन कर्ताले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
486SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?