National life

होटल क्षेत्रमा मात्रै साढे पाँच खर्ब स्थायी लगानी, कुन स्तरको होटलमा कति लगानी ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ पुस २०८१, बिहिबार
918Shares
होटल क्षेत्रमा मात्रै साढे पाँच खर्ब स्थायी लगानी, कुन स्तरको होटलमा कति लगानी ?
ncell

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ अनुसार नेपालको होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी रहको बताएको छ।

प्रस्तुत उक्त तथ्यांक अनुसार होटलको कुल स्थायी सम्पत्ति पाँच खर्ब ४३ अर्ब २५ करोड ८२ लाख रहेको छ । होटल उद्योगमा साढे १० अर्बभन्दा बढी विदेशी लगानी रहेको सोही तथ्यांकमा उल्लेख गरिएको छ । नेपालमा एक लाख ४२ हजार दुई सय २३ होटल, रेस्टुरेन्ट रहेको समेत तथ्यांकमा उल्लेख गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार कार्यालयले गरेको यो सर्वेक्षण यस विधाको पहिलो बृहत् सर्वेक्षण हो । यसअघि ‘होटल तथा लज सर्वेक्षण २०६०’ गरिएको थियो । उक्त सर्वेक्षणमा आवास तथा भोजन व्यवसायसँग सम्बन्धित प्रतिष्ठान तारे होटल, रिसोर्ट र गैरतारे होटलमात्र समेटिएको थियो।

यस पटकको सर्वेक्षणमा होटल, लज, रिसोर्ट, होमस्टे, अतिथि गृह सेवा सदन, छात्रावास, होस्टेल, रेस्टुरेन्ट तथा क्याटरिङ, पार्टी प्यालेसको विस्तृत सङ्कलन रहेकाले यो सर्वेक्षणलाई पहिलो बृहत् सर्वेक्षण भनिएको  राष्ट्रिय तथ्याङ्क कार्यालयले जानकारी दिएको छ ।

कार्यालयको अनुसार, देशभरका डेढ लाख होटलमध्ये एक हजार एक सय २१ होटलमा पूर्ण विदेशी लगानी रहेको छ। जसमध्ये एक हजार ७३ होटलमा एकल लगानी र ४८ मा विदेशीको संयुक्त लगानी रहेको पाइएको छ । देशभर ५९ होटलमा भने नेपाली र विदेशी लगानीकर्ताको संयुक्त लगानी छ।

कार्यालयले आर्थिक वर्ष २०७९/८० मा देशभरि सञ्चालनमा रहेका आवास तथा भोजन क्रियाकलाप गर्ने प्रतिष्ठानको तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण, व्यवस्थापन गरेको थियो । सर्वेक्षणबाट अर्थतन्त्रमा आतिथ्य उद्योगले पुर्‍याएको योगदानको मापन गर्न सहज हुने विश्वास लिइएको छ ।

विसं २०७९ साउन १ देखि २०८० असार ३० गतेसम्म सर्वेक्षण गणना गरिएको थियो । पर्यटन विभागबाट तारे होटल तथा रिसोर्ट सञ्चालन अनुमति पाएका र १० वा त्यसभन्दा बढी जनशक्ति संलग्न रहेका प्रतिष्ठानको तथ्याङ्क सङ्कलन पूर्ण गणना विधिबाट गरिएको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

तथ्याङ्कअनुसार १० करोडभन्दा बढी स्थायी सम्पत्ति भएका होटलररेस्टुरेन्ट सङ्ख्या चार सय ९३ छन् । तीमध्ये बागमतीमा दुई सय १४ छन् । एक करोडदेखि रु १० करोडसम्म सम्पत्ति भएका होटल आठ हजार सात सय ३२ छन् । दुई लाखभन्दा कम लगानीमा खुलेका होटल रेस्टुरेन्ट ६७ हजार पाँच सय २१ छन् ।

तथ्याङ्कमा देशभरि सञ्चालनमा रहेका होटलररेस्टुरेन्टमध्ये एक लाख ३७ हजार सात सय १६ प्रतिष्ठानका लगानीकर्ता एकल नेपाली नागरिक रहेको पाइएको छ । जसको सम्पत्ति चार खर्ब १८ अर्ब ६२ करोड हाराहारी छ । नेपाली नागरिकको संयुक्त लगानीमा तीन हजार तीन सय २७ होटलरप्रतिष्ठान सञ्चालनमा छन् ।

जसमा एक खर्ब १४ अर्ब लगानी रहेको देखिन्छ । नेपाली र विदेशी संयुक्त लगानीमा भने ५९ वटा मात्र होटलररेस्टुरेन्ट रहेको छ । सर्वेक्षणको नतिजाअनुसार आवास तथा भोजन सेवन सेवा गर्ने प्रतिष्ठानमा रोजगार व्यक्तिको सङ्ख्या एक लाख पाँच हजार चार सय ५९ रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
918SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?