National life

५१ खेल र सुविधा समावेश गर्दै बीमा प्राधिकरणले जारी गर्‍यो ‘खेलकूद बीमालेख’

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ पुस २०८०, शुक्रबार
425Shares
५१ खेल र सुविधा समावेश गर्दै बीमा प्राधिकरणले जारी गर्‍यो ‘खेलकूद बीमालेख’
ncell

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले खेलकूद बीमालेख जारी गरेको छ । प्राधिकरणले कुल ५१ वटा खेलको रक्षावरण हुनेगरी बीमालेख जारी गरेको हो ।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेल प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको जोखिम बहन गराउने उद्देश्यले खेलकूद बीमालेख जारी गरिएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले न्युन जोखिम, सामान्य जोखिम र जोखिमयुक्त गरी तीन जोखिमको प्रकृतिअनुसार ५१ वटा खेलको बीमा हुने बताएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जसमा न्युन जोखिमअन्तर्गत टेबल टेनिस, सफ्ट टेनिस, टेनिस, शुटिङ्ग, गल्फ, बडीविल्डिङ एण्ड फिटनेश, स्क्वाक्स राकेट्, बुद्धिचाल, विलियर्ड स्नूकर तथा पुल, बलिङ्ग, टग् अफ वार, रोप स्किपीङ्ग, आर्चरी, योग छन् । न्युन जोखिमअन्तर्गतको १४ वटा खेलको बीमाशुल्कदर प्रतिहजार २ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, सामान्य जोखिम अन्तर्गत प्राधिकरणले ब्याडमिन्टन, क्रिकेट, हक्की, भलिबल, एथलेटिक्स, फेन्सिङ्ग, जुडो, जिम्न्यास्टिक, ह्यान्डबल, बास्केटबल, पौडी, सेपाक ताक्रो, भारात्तोलोन, ट्रयाथलन, कबड्डी, खो खो, रिङ्ग रेष्टलिङ्ग, कराते, तेक्वान्दो, उसु, बक्सिङ्ग, फुल कन्ट्याक कराते, कुश्ती र साईक्लिङ गरी कुल २४ वटा खेलको बीमा हुने प्राधिकरणको भनाई छ ।

जसअन्तर्गत यी खेलहरुको बीमाशूल्क दर प्रतिहजार २ रुपैयाँ ५० पैसा तोकिएको छ । साथै जोखिमयुक्त खेलअन्तर्गत भने प्राधिकरणले १३ वटा खेललाई छुट्याएको छ । जसमा इक्विसट्रियन, मोटर तथा मोटरसाईक्लिङ स्र्पोट्स, राफिटक्यानोइ, प्याराग्लाइडिङ्ग ह्याङ्गग्लाइडिङ, क्लाईविङ, पेन्टाथोलन, बञ्जी जम्पिङ एण्ड क्यान्योनिङ, मुवाँथाई, माउण्टेन रनिङ्ग, आईस हक्की एण्ड अल्पाइन स्पोर्टस, वाटर स्पोर्टस, रग्वी र फुटबल रहेका छन् । यी खेलहरुको बीमाशुल्क दर भने प्रतिहजार ३ रुपैयाँ तोकिएको छ ।

यस्ता छन् सुविधाहरु:

यस खेलकूद बीमालेख अन्तर्गत दुर्घटनाको प्रत्यक्ष कारणबाट कुनै खेलाडीको तत्काल मृत्यु भएमा वा दुर्घटना भएको १८३ दिनभित्र बीमितको मृत्यु भएमा क्षतिपूर्ति स्वरुप बीमा कम्पनीले शतप्रतिशत बीमा रकम प्रदान गर्नेछ । साथै बीमितको मृत्यु भएको खण्डमा बीमितको पार्थिव शरिरको परिवहन तथा व्यवस्थापन गर्न बीमांक रकमको अतिरिक्त थप हुनेगरी बीमाङ्कको १० प्रतिशत वा २५ हजार रुपैयाँ मध्ये जुन कम हुन्छ सोही बराबरको रकम बीमा कम्पनीले प्रदान गर्नेछ ।

साथै यस बीमालेख अन्तर्गत काज किरिया खर्चको समेत व्यवस्था हुनेछ । दुर्घटनाबाट बीमितको मृत्यु भएमा बीमा कम्पनीले बीमांंक रकमको अतिरिक्त थप हुनेगरी बीमाङकको १० प्रतिशत वा ५० हजार रुपैयाँ मध्ये जुन कम हुन्छ सोही बराबरको बीमा कम्पनीले प्रदान गर्नेछ ।

त्यस्तै, बीमा गरिएको अवधिभित्र दुर्घटनाको कारणले दुर्घटना भएको मितिबाट १८३ दिनभित्र बीमित स्थायी पूर्ण असक्त भएमा बीमा कम्पनीले क्षतिपूर्ति व्यहोर्नेछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
425SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?