काठमाडौं । ५४औं वार्षिकोत्सवको अवसरमा नेपाल आयल निगम लिमिटेडले मंगलबार टेकुस्थित निगमको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रमको सम्पन्न गरेको छ ।
नेपाल रेडक्रस सोसाइटीको सहयोगमा उक्त रक्तदान कार्यक्रममा निगमसम्बद्ध १५१ जनाले रक्तदान गरेका थिए । अघिल्लो बर्षको ५३ औं वार्षिकोउत्सवको अवसरमा १३१ जनाले रक्तदान गरेका थिए ।
निगमले आगामी बिहिबार विभिन्न कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाउने तयारी गरेको छ ।
रक्तदान कार्यक्रमको उदघाट्न निगमका नायब कार्यकारी निर्देशक ईन्जिनियर बीरेन्द्र गोईतले गरेका थिए ।
निगमका रक्तदान कार्यक्रम उप समितिका संयोजक बिकास बखतीले निगमले वार्षिकोत्सवसहित कम्तिमा बर्षमा दुई पटक रक्तदान कार्यक्रम आयोजना गर्ने जानकारी दिएका छन्।































