National life
cg eloctronics

६ वटा समस्याग्रस्त सहकारीका पीडितहरूको संयुक्त सङ्घर्ष समिति गठन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० वैशाख २०८१, सोमबार
797Shares
६ वटा समस्याग्रस्त सहकारीका पीडितहरूको संयुक्त सङ्घर्ष समिति गठन
ncell

काठमाडौँ । कास्की पोखरामा अवस्थित समस्याग्रस्त सहकारीका पीडितहरूले संयुक्त सङ्घर्ष समिति गठन गरेका छन् ।

कारोबार बन्द भएका, बचतकर्ताको बचत रकम फिर्ता नगरी फरार भएका वा फिर्ता हुन समस्या देखिएका ६ सहकारीका बचतकर्ताहरू समितिमा रहेका छन्।

उक्त समस्याग्रस्त सहकारीमा सुर्यदर्शन, इमेज, मित्रमिलन, बलिदानी, विन्दवासिनी र शिवशिखर सहकारी रहेका छन् । उक्त ६ सहकारीहरूका पीडित संघर्ष समितिका प्रतिनिधिहरु भेला भई कास्की सहकारी बचत पीडित संघर्ष समिति गठन भएका हुन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लामो समयदेखी बचत रकम फिर्ता गर्ने वातावरण सिर्जना गरिदिनका लागि राज्यका सबै सरोकारवाला निकायहरूमा निवेदन र अनुरोध गर्दै आएकोमा पीडितहरूको समस्यालाई शिघ्र समाधानको निम्ति सबै सहकारी पीडितहरूले सामूहिक रूपमा राज्यका सरोकारवाला निकायहरूलाई थप दबाब सिर्जना गर्नुपर्ने देखिएकाले संघर्ष समिति गठन गरिएको एक जना उक्त समितिका सदस्यले जानकारी दिएका छन् ।

बचत फिर्ताको लागि दबाब दिन सोमबार पोखरामा बृहत र्‍याली समेत आयोजना गरिएको छ । जिल्ला प्रहरी कार्यालय गैरापाटनबाट सुरु हुने र्‍याली जिल्ला प्रशासन कार्यालयसम्म पुग्ने समितिले जनाएको छ ।

अहिले एकीकृत भएका सहकारीहरू पोखराका सबैभन्दा बढी रकम अपचलन भएका सहकारीहरू हुन् । पीडितहरूले पोखरा आउने सबैजसो भीआइपीलाई ज्ञापन पत्र पनि बुझाउँदै आएका छन् भने विभिन्न समारोहहरूमा प्रदर्शन नै गर्न थालेका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
797SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?