National life

समस्याग्रस्त सहकारीका १३२ ऋणीको सूची सार्वजनिक, तत्काल ऋण चुक्ता गर्न निर्देशन

उक्त नामावली उपलब्ध ऋण विवरणका आधारमा सार्वजनिक गरिएको समितिले जनाएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२८ जेठ २०८३, बिहिबार
1.2kShares
समस्याग्रस्त सहकारीका १३२ ऋणीको सूची सार्वजनिक, तत्काल ऋण चुक्ता गर्न निर्देशन
ncell

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि र कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थासँग सम्बन्धित १३२ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ ।

समितिका अनुसार सार्वजनिक गरिएको सूचीमा हाम्रो नयाँ कृषि सहकारीका १२ जना र कृषि विकास बहुउद्देश्यीय सहकारीका १२० जना ऋणीहरू समावेश छन् ।

२०८३ वैशाख २३ गतेको निर्णयअनुसार तयार पारिएको उक्त नामावली उपलब्ध ऋण विवरणका आधारमा सार्वजनिक गरिएको समितिले जनाएको छ ।

समितिले पहिले नै ऋण तिर्छु भनी दाबी गरेका तर सूचीमा नाम परेका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, बाँकी ऋणीहरूलाई यथाशीघ्र ऋण चुक्ता गर्न निर्देशन दिँदै अन्यथा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ ।

समितिले सहकारीको रकम फिर्ता गराई बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले यस्तो कदम चालिएको स्पष्ट पारेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?