National life

२३ समस्याग्रस्त सहकारीका सञ्चालकको नाम सार्वजनिक गरियो

सहकारी ठगीमा संलग्न सञ्चालकलाई सम्पत्ति फिर्ता गर्न निर्देशन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२० जेठ २०८३, बुधबार
1.9kShares
२३ समस्याग्रस्त सहकारीका सञ्चालकको नाम सार्वजनिक गरियो
ncell

काठमाडौँ । सरकारले समस्याग्रस्त घोषणा भएका २३ वटा सहकारी संस्थाका सञ्चालकहरूको नामावली सार्वजनिक गरेको छ।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बुधबार उनीहरूको विवरण सार्वजनिक गरेको हो।

समितिका अनुसार सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त वा अन्य व्यक्तिको नाममा लुकाएको जानकारी भएमा त्यसबारे सूचना दिन सर्वसाधारणलाई आग्रह गरिएको छ।

त्यस्तै, सम्बन्धित सहकारीका सञ्चालकहरूलाई दायित्व फरफारक, ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमा सहयोग गर्न निर्देशन दिइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
समितिले बचत फिर्ता र दायित्व व्यवस्थापन प्रक्रियामा सक्रिय समन्वय गर्न पनि आग्रह गरेको छ।

निर्देशन पालना नगरे कानूनी कारबाही अघि बढाइने चेतावनी समेत समितिले दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?